काठमाडौँ, २६ भदौँ । नेपालमा निषेधाज्ञा खुले पनि कोरोना भाइरस सङ्क्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र सङ्क्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्।
नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। पछिल्लो दुई सातायता सङ्क्रमण दर १४ प्रतिशतभन्दा कम कायम रहेको देखिन्छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले पछिल्लो समय सङ्क्रमण पुष्टि हुने दर र सङ्क्रमितको सङ्ख्या दुवै घटेको बताएका छन्। बीबीसी