काठमाडौँ , २२ भदौँ । नेपालले पपुवा न्यूगिनी विरुद्ध दुई विकेटको जित हात पारेको छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा नेपालले आज पपुवा न्यूगिनीलाई पराजित गरेको हो।
ब्याट्सम्यान रोहितकुमार पौडेल र अलरान्डर सोमपाल कामीको धैर्यपूर्ण ब्याटिङमा नेपालले सहज जित पाउने अपेक्षा गरिएको खेलमा सङ्घर्षपूर्ण विजय प्राप्त गरेको हो।
रोहितले ४१ र सोमपालले अविजित २२ रन बनाएर धर्मराइसकेको टोलीलाई सम्हाले। त्यसअघि सुरुआतमा ओपनर कुशल भुर्तेलले १५ रन आशिफ शेखले ३० रनको योगदान दिएका थ्एि ।
टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभर खेलेर १३४ रन मात्र जोड्न सकेको थियो। नेपालले ६३ बल खेल्नुअगाडि नै जित हात पार्यो।बलिङतर्फ टोलीका एक्ला स्पिनर सन्दीप लामिछानेले चार विकेट लिए।
ओमानमा अमेरिका सम्मिलित आईसीसी विश्वकप लिग २ खेल्न आएको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग दुईवटा एकदिवसीय खेल खेलिरहेको हो। दोस्रो खेल भाद्र २५ गते हुनेछ।