जनगायक जीवन शर्मालाई अस्ट्रेलियामा संचालित नेपाली सामुदायिक संचार माध्यम नेपलिज अस्ट्रेलियनले सम्मान गरेकाे छ। नेपालमा राजनैतिक तथा सामाजिक जागरण पैदा गर्न उहाले गरेको योगदानको कदर गर्दै उक्त संचार माध्यमले सम्मान गरेकाे हाे ।
आफ्नो क्लब हाउसमा संयोगबस सहभागी हुनु भएका जनकलाकर जीवन शर्माको उपस्थितिको सम्मान गर्दै यो अभियान सुरु गरेको हो।२०२१ सेप्टेम्बर ३ रात्रि ९ बजे देखि ११:५९ सम्म उक्त संस्थाले आफ्नाे क्लब हाउसमा सहभागी भएर आफ्ना अमुल्य श्रीजना उपहार प्रदान गरे बापत सम्मान गर्दै यो अभियान सुरु गरेको बताएकाे छ।