काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० बढीको मृत्यु

एजेन्सी ११ भदौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

ुुहामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ, उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे। अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।

IME Remittance