काठमाडौँ १० भदौँ । सरकारले तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले उनका परिवारलाई आर्थिक सहायतास्वरुप रु १० लाख रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी गएको साउन १५ गते महाकालीमा खसेर बेपत्ता भएका थिए ।
गृहमन्त्रालयद्धारा गठित छानविन समितिले अहिले पनि घटनाको अनुस्न्धान गरिरहेको छ ।