२१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित

काठमाडौँ, ५, भदौँ । नेपामा २१ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो सँगै सक्रिय ंक्रमित ४० हजार नाघेका छन् । शुक्रबार नेपालमा थप ३,०४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २६ जनाको कोभिड १९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४५५ पुगेको छ।

मन्त्रालयले शुक्रवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा थप २,२४४ जना निको भएका छन्।

 

IME Remittance