थपिएको निषेधाज्ञा आजदेखि लागू, राती ८ बजेबाट गाडी चलाउन नपाइने

काठमाडौँ, २८ साउन : नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गरिएको छ ।

जारी आदेशमा काठमाडौँ उपत्यकामा आजराती ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । उक्त आदेश आजदेखि नै लागू भएको छ । आदेश आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।

यद्यपि ढुवानीका साधन समय तोकेर सञ्चालन गर्न अनुमति दिइएको छ भने अत्यावश्यक कामका लागि चल्ने सवारीसाधन भने चौविसै घण्टा खुला हुने छ ।
नेपालमा बैशाख पहिलो सातादेखि नै निषेधाज्ञा लागू गर्न थालिएको थियो ।

अहिलेसम्म ५८ जिल्लामा आदेश जारी छ । यसअघि ७५ जिल्लामा आदेश जारी गरिएको थियो ।

 

IME Remittance