काठमाडौँ, १९ साउन । बाढीपहिरोलगायत यस वर्ष मनसुनजन्य घटनाबाट हालसम्म ६६ जनाको मृत्यु भएको छ ।
मनसुनजन्य घटनाबाट ८१ जना घाइते भएका तथा १९ घर पूर्ण क्षति र १६६ घरमा आंशिक क्षति पुगेको जनाइउको छ ।
गृहमन्त्री खाणले भन्नुभयो, “मुलुकले बाढीपहिरो लगायतको प्राकृतिक विपद्का घटना व्यर्होनुपरेको छ, यस वर्षको मनसुनबाट धेरै जिल्लामा जनधन र पूर्वाधारको क्षति भएको छ ।” उहाँले सिन्धुपाल्चोक, मनाङ, गोर्खा, लम्जुङ, कास्कीलगायत मनसुनका कारण मुलुकका ५५ जिल्ला प्रभावित हुन पुगेको जानकारी दिनुभयो ।