संवैधानिक अंगका नियुक्ति बदरको माग गर्दै पुरक रिट

काठमाडौँ, ५ साउन । अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक अंगमा नियुक्ति बदरको माग गर्दै पुरक रिट दिनुभएको छ ।

केपी ओली सरकारले ल्याएका दुई संवैधानिक परिषद सम्बन्धी अध्यादेश अनुसार दुईपटक नियुक्ति पाएका ५२ जना पदाधिकारीको सेवासुविधा रोक्न माग गर्दै उहाँले रिट दायर गर्नुभएको हो ।

मंसिर ३० र वैशाख २१ गरी दुईपटक अध्ययादेश ल्याई उक्त सरकाले उनीहरुको नियुत्रि गरेको थियो । यसअघि उहाँलृ संविधानको मर्म विपरीत अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरिएको भन्दै पुस १ गते पनि िरट दायर गर्नुभएको थियो ।

ओली सरकारले ल्याएको अध्यादेश शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले खारेज गरिसकेको छ । अध्ययादेश खारे भएकाले नियुक्ति बदर हुनुपर्नै दावी उहाँको छ ।

 

IME Remittance