राससको प्रधानसम्पादकमा पाठक

काठमाडौं । राससका वरिष्ठ कार्यकारी सम्पादक एकराज पाठक राससको प्रधानसम्पादकमा नियुक्त हुनुभएको छ । हालै दशौँ तहमा बढुवा हुनुभएका उहाँलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो ।

पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्य हुनुहुन्छ । उहाँ हाल राससको आलेख शाखाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०३१ फागुनमा बागलुङमा जन्मिनुभएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको हो ।

उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । उहाँले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तक लेख्नुभएको छ । उहाँले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ ।

IME Remittance