२९ असार । काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेसँगै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुनस्स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन् ।
उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनको भनाइ थियो ।