प्रतिनिधिसभा विघटन मुद्दा : अन्तिम सुनुवाइ सुरु

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवारदेखि निरन्तर अन्तिम सुनुवाइ हुने प्रक्रिया सुरु भएको छ।

दुवै पक्षका कानुन व्यवसायी र एमिकस क्यूरीको बहस सुनेपछि र वहाँहरूले पेस गरेको बहस नोट हेरेपछि अन्तिम निर्णय गर्ने प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

समय व्यवस्थापनसम्बन्धी अदालतको आदेशका अनुसार अर्को साताभित्रमा बहस सकिने देखिन्छ। निर्धारण गरेको समय व्यवस्थापन हेर्नका लागि ३२ घण्टा कार्यसमय छ।

IME Remittance