काठमाडौं ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रा खुला गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान खुला गरेको हो ।
आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्नुपर्ने छ ।
सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय पनि गरेको छ । अब काठमाडौं कतार रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई उडान गर्ने छ । काठमाडौं इस्तानबुलमा साताको २, काठमाडौं दुवई रुटमा पनि उडान हुने छ ।
दमाम, कुवेत, मस्कट, मलेसियामा पनि उडान खुला गरिएको छ । दक्षिण कोरिया र जापानमा एक उडान खुला भएको छ । यस्तै चीनको छेन्दु र ग्वाङझाओ रुट पनि खुलाइएको छ ।