काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय:निषेधाज्ञा केहि खुकुलो

काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको  भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।यसअघि असार ७ गतेसम्म  जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ ।

स्थानीय प्रशासनलेअसार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन हुने भएको छ । यस्तै फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्‍चालन गर्न दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको हो ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न दिइने छ ।त्यस्तै सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्‍चालन हुन पाइने छ । प्रजिअ पराजुलीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध सञ्‍चालन गर्न दिइने बताए पनि आदेशमा जोरबिजोरअन्तर्गत नै राखिएको छ ।शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ । प्रजिअ पराजुलीले कोरोना महामारीको जोखिम र आमजनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाइएको बताए ।

IME Remittance