अपडेट : बढीपहिरोमा परेर जेठ ३१ पछि ११ को मृत्यु, २५ वेपत्ता

काठमाडौँ, ३ असार : गएको जेठ ३१ ग्तेपछि बाढी, पहिरोमा परेर विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । अन्य २५ जना बेपत्ता रहेका छन् ।

यसपाली बाढी पहिरोले सबैभन्दा ठुलो क्षति सिन्धुपाल्चोकमा गरेको छ । त्यसपछि जाजरकोटामा धेरै मानिस हराएका छन् भने डुवान र कटानका हिसावले मनाङमा क्षति पुर्याएको छ ।

मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा १,१ जना गरी ११ को मृत्यु भएको हो ।

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा १५, जाजरकोटमा ७ तथा बाजुरा, प्यूठान, अर्घाखाँचीमा १,१ जना गरी २५ जना वेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते भएका छन् । प्राप्त विवरण अनुसार अहिलेसम्म बाढी पहिराका कारण १२९ घर पूर्ण र ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

IME Remittance