पोखरा २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् ।
उनलाई जनता समाजवादी पार्टी, जसपाको प्रदेश कमिटी र पदमुक्तभएका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थन छ।
शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।