बजेट राम्रो तर कार्यान्वयनमा आशंका

काठमाडौँ १६ जेठ । सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । र्थिक वर्ष २०७८,०६९ को बजेटले सबै क्षेत्रलाई समेटेकोमा उद्योगी व्यवसायीहरुले राम्रो मानेका छन् ।

उनीहरुले कोभिड महामारीको बेलामा आएको विशेष बजेटले कतिपय माग सम्बोधन नगरे पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ऋणलाई सहजीकरण, भ्याटमा सुधार, विलिङ चार्जको कुरा राम्रो रहेको प्रतिक्रिाया दिनुभयो । कोभिड १९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अन्य केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनु राम्रो रहेको व्यवसायीहरु बताउँछन् । तर बजेट कार्यान्वयनमा आशंका रहेको जनाइएको छ ।

नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट उद्योगका लागि सकारात्मक भएको बताउनुभयो । लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने माग सम्बोधन भएको उहाँले बताउनुभयो ।

तर कतिपयले बजेटको आकार ढुलो भएको प्रतिक्रिया दिएका छन् । जसले गर्दा श्रोत संकलनमा गाह्रो हुने र कार्यान्वयनमा समस्या हुने बताइएको छ । लोत्रप्रिय बजेट मात्रै आएको प्रतिक्रिया पनि व्यवसायीहरुको छ ।

हिजो साउन १ गतेदेखि लागु हुने कूल साढे १६ खर्ब रुपैयाँको अध्यादेश बजेट प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाटै प्रस्तुत गनुृभएको थियो ।