इराकसँग नेपाल पराजित

काठमाडौं १६ जेठ । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । उसले ६–२ को अन्तरले पराजित गरेको हो ।

इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रतालिएको थियो । दोस्रो हाफमा पनि थप २ गोल गरेर इराकले जित हासिल गर्यो ।

नेपालका लागि मनिस डाँगीले र गौतम श्रेष्ठले डेब्यु गरेका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।

IME Remittance