हैदाराबादमा प्रगतिशील विवाह सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष श्री दुर्गा बहादुर के. सी. का छोरा  बिक्रम के सी र केन्द्रीय समिति का सचिव प्रेम पौडेल की छोरी मन्जु के सी बिच दिनांक २१ जनवरी २०१८ का दिन हैदराबाद मा प्रगतिशील विवह सम्पन्न भएको छ । हजारउ जनसमुह का बिच मा नयाँ प्रकारको सन्देस दिदै वहाँहरुले  वैवाहिक दाम्पत्य जीवनको शुरूवात गर्नु भएको छ।

Image may contain: 6 people, people smiling, people sitting and indoor

उक्त विवाह समारोहको अध्यक्षता एकता समाजका पूर्व महासचिव रामचन्द्र पौडेल ले गर्नु भयो। आमंत्रीत पाउनाहरूलाइ आफन्तजनले स्वागत गर्नु भयो। विवाहमा बर बधुले एक आपसमा माल्यार्पण र अविर  अर्पण पश्चात दुवै जनाले मैन बत्ती जलाएर नव दाम्पत्य जीवनको शुरूवात गर्नु भएको थियो। उक्त नव विवाहीत बर तथा बधुलाइ बधाइ दिनेहरूमा समारोहका प्रमुख अतिथि बामपंथी नेता कृष्ण पौडेल, राजमो की सांसद तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, रक्तिमका अध्यक्ष जीवन शर्मा, बाग्लुंग जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगाना, बरेंग गाउपालीका का अध्यक्ष कृष्ण शर्मा, काली गंडकी गाउपालीका की उपाध्यक्ष तारा क्षेत्री, मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर के सी, केन्द्रीय सचिव प्रेम पौडेल, बिध्यार्थी नेता बिक्रम केसी, मूल प्रवाहका केन्द्रीय सदस्यगण, भाइचारावाट प्रतिनिधिहरू र आफन्तजनहरू रहनु भएको थियो।  समारोहमा भारतभरीवाट मूलप्रवाहका कामरेडहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको  संचालन रामप्रशाद पौडेल ले गर्नु भएको थियो। समारोहमा जननायक जीवन शर्मा र हैदरावादका कलाकार साथीहरुले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर समारोहको शोभा बढाउनु भएको थियो।

-महेन्द्र बस्याल

IME Remittance