टर्कीको प्रतिबन्धित लोकसङ्गीत समूहकी २८ वर्षीया गायिका हेलिन बोलेक उक्त समूहमाथी सरकारका ज्यादतीका बिरुद्धमा अनसनमा थिइन्।
टर्कीको प्रतिबन्धित एउटा लोकपृय लोकसङ्गीत समूहकी एकजना सदश्यको अनसनको २२८ औँ दिनमा निधन भएको छ।उक्त समूहको ट्विटरका अनुशार सरकारको उक्त समूहमाथिको ज्यादतीका बिरुधमा एकजना साथीसहित उनले जेलमै अनशन थालेकी थिइन।
प्रतिरोधका गीतका लागि मानिएको योरुम समूहका अनुसार सरकारलाई उक्त कदम उल्ट्याउन बाध्य पार्ने हेतुले अनसनमा बस्दै आएकी २८ वर्षीया हेलेन बोलेकको अनशनकै क्रममागत शुक्रबार इश्तानबुलको एउटा घरमा निधन भएको हो। योरुम समूह आलोपलो गरि सदस्य हुने एउटा लोक समूह हो। सन २०१६ देखि टर्कीमा प्रदर्शन गर्न प्रतिबन्धित यस समूहका कैयौँ सदस्यलाई प्रशासनले जेल हालेको थियो। यस समूहको अवैध क्रान्तिकारी जनमुक्ती पार्टीसँग संलग्ग्नता रहेको आरोप सरकारले लगाएको छ। उक्त सशस्त्र पार्टीलाई टर्की, अमेरिका र यूरोपियन यूनियनले आतङ्कवादीको बिल्ला भिराएका छन्।
आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न र समूहका सथीहरूको रिहाईका लागि सरकारलाई दवाब दिन समूहकै एकजना सदश्य इब्राहिम गोकेक र बोलेकले अनशन शुरू गर्का थिए। उनीहरूलाई नोभेम्बरमा जेलमुक्त गरिएको थियो। योरुम समूहका गतिबिधिमाथिको नियन्त्रण फुकुवा, बन्दी सदश्यहरूको रिहाई तथा समूहमाथिको मुद्दा फुकुवाको माग गर्दै यी दुईजनाले अनशन शुरू गर्का थिए। गोकेककी श्रीमतीलगायत योरुमका दुई सदश्य अझै जेलमै छन्।अङकारास्थित मानव अधिकार संघका अनुसार ११ मर्चका दिन बोलेक र गोकेकलाई बलजफ्ती अस्पतल लगिएको थियो।तर उनीहरूले उपचार अश्वीकार गरेपछी एक हप्तापछी उनीहरूलाई डिस्चार्ज गरिएको थियो।
उक्त मानव अधिकार सँघका अनुसार मानव अधिकारकर्मीको एउटा प्रतिनिधि मण्डलले गएको महिना टर्कीका उपगृहमन्त्रीलाई भेटी अनशन अन्त्य गर्ने कुनै उपाय खोज्न आग्रह गरेको थोयो। तर अनशन अन्त्य नगरेसम्म मागका बारेमा कुनै कुरा हुन नसक्ने भनी उक्त आग्रहलाई सरकारले ठाडै लत्याएको थियो।
२०१२ मा योरुम समूहसँग काम गरेका लोकपृय गायक तथा गीतकार जुल्फु निभानेलीले बोलेकको मृत्युप्रती गहिरो शोक प्रकट गर्दै ट्विटरमा लेखेका छन्–मृत्युको मुखमा नपर्दै अनशन अन्त्य गराउने उपाय खोजीको हाम्रो आन्दोल ” दुर्भाग्यवश असफल भएको छ”। टर्कीमा अनशनका समयमा खाना वहिष्कार गर्ने तर विरोधलाई लम्व्याउनका लागि तरल पदार्थ सेवन गर्ने प्रच्लन छ।
– द गार्जियन मा ३ अप्रिल २०२० मा प्रकाशित समाचार ।
( दिवाकर शर्माबाट नेपालीमा अनुदित ।)