नाेवल काेराेना भाइरसकाे महामारी

Corona-virus

काेराेना भाइरसका बारेमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यममा विभिन्न समाचार, लेख तथा अन्य सुचनामुलक सामाग्रीहरू प्रकाशित भैरहेका छन ।
नेपाल सरकारकाे माघ १२ गतेकाे विज्ञप्तिमा पनि काेराेना भाइरस बारे अाैपचािरक सुचना प्रकाशित भएकाे छ । त्यस पछि नेपालमा यस बारे सरकारी र गैर सरकारी तवरबाट व्यापक खाेजविन र सतर्कता अभियान चलिरहेकाे छ । अर्काे अंकमा हामीले यस सम्बन्धी थप खाेज मुलक लेख प्रकाशित गर्नेछाै । अहिलेलार्इ यसमा केही सुचना मुलक टिप्पणी प्रकाशित गरेका छाैं ।

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिदै गएकाे कुरा अब सर्वत्र अवगत भैसकेकाे छ । यसबारे नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार सूचना निकालेर कोरोना भाइरसको संक्रमणबारे केही जानकारी गराएको छ । साथै सरकारले कोरोना भाइरस प्रभावित देशबाट आएका विदेशी नागरिकलाई रुघाखोकीसँगै धेरै ज्वरो आएमा र सास फेर्न समस्या भएमा तत्काल अस्पताल जान आग्रह पनि गरेको छ । त्यस्ता नागरिकलाई दुई हप्ताभित्र रुघाखोकी लागे, सय डिग्रीभन्दा धेरै ज्वरो आए, घाँटी र टाउको दुखे, सास फेर्न समस्या भए र त्यस सम्बन्धी अन्य समस्या परेमा तत्काल उपचार गराउन आग्रह गरेको छ ।

चीनबाट सुरू भएर संसारभरि फैलिन खाेजिरहेकाे काेराेना कोरोना भाइरसले अहिले सर्वत्र त्रासदी फैलाइरहेकाे छ । सामान्य रुघाखोकीबाट यात्रा सुरू गरेर मानिसकाे ज्यान समेत लिने सम्मकाे सांघातिक अाक्रमण गर्ने भएकाले यस प्रति सारा मानव समुदाय सतर्क र संवेदनशील भएकाे छ । यसकाे अहिलेसम्म कुनै उपचार र अाैषधी र उपचार पद्धतिकाेकाे पत्ताे लागेकाे छैन । क्यान्सर र एड्स्का विरामीलाइ दिने सामान्य खालकाे राेग प्रतिराेधात्मक क्षमता बढाउने अाैषधी दिएर यसलार्इ राेकथाम गर्ने प्रयास मात्र गरिएकाे छ । त्यसैले यस राेगकाे बारेमा राम्राे जानकारी लिनु र सुरुमै अाफ्नाे शरीरकाे ख्याल राख्नु गर्नु नितान्त जरूरी छ ।

प्राय जसाे डाक्टरहरूका भनाइ सुन्दा र कुराे बुझ्दा काेराेना भाइरस मानव शरीरमा संक्रमित भएपछि मानिसलाइ रूघा खाेकीका जस्ता लक्षण देखा पर्दछन । मानिस विस्तारै थला पर्दै जान्छ । याे भाइरसका किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुुनाले यसलाइ सरूवा राेगकाे समुहमा राखिएकाे छ । त्यसैले रुघाखोकी तथा श्वासप्रस्वासमा समस्या भएका बिरामीको नजिक नजाने, नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधैँ सम्पर्क नगर्ने तथा अण्डा र मासु राम्ररी पकाएर मात्र खाने र रूघाकाे जस्तो लक्षण देखिए अस्पताल जान डाक्टरहरूले सल्लाह दिने गरेका छन । कोरोना भाइरसको प्रकोप फैलिएका ठाउँबाट देश भित्रने यात्रुको स्वास्थ्य जाँच गर्न अनिवार्य छ । तर हाम्राे देशकाे एक मात्र अन्तर्राष्ट्रिय जहाज मैदान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्ने प्रभावकारी साधन र व्यवस्था छैन । यस्ताे स्थितिमा भाइरस सङ्क्रमित व्यक्ति नेपाल अाएमा उनिहरूलाइ कसरी कहाँ व्यवस्था गर्ने भन्ने बारेमा पनि अन्याैल छ । नेपालकाे एकमात्र सरूवा राेग उपचार केन्द्रकाे रूपमा रहेकाे टेकु अस्पतालकाे अवस्था पनि निकै कमजाेर छ । सीमित विस्तरा र जनसक्तिकाे अभावका त्यहाँबाट मात्र विरामीहरूकाे समुचित प्रबन्ध हुन गारेा छ । तै पनि त्यहाँ भाइरस संक्रमित केही बिरामीक उपचार भैरहेकाे जानकारी अाएकाे छ । पाटन अस्पतालमा पनि उपचार कक्ष स्थापना गरेर बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको बताइकाे छ ।

संक्रमणबाट चीनको हुबेइमा याे लेख तयार पार्दासम्म चार सय भन्दा बढीकाे ज्यान गएको समाचार छ । अन्य ठाउँमा पनि याे राेगका किटाणु संक्रमण हुने क्रम जारी छ । कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत कैयाैं देशहरूमा फैलिदै छ । नेपाल झन नजीक भएकाले यहाँ पनि यसकाे प्रकाेप तीब्र हुने खतरा बढी नै छ ।

हालसम्म मानव शरीरमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरसकाे संक्रमणलाई निक्कै खतरनाक मानिएकोले सबै मानिस यसदेखि हाेसियार हुनु जरूरी छ ।

कोरोना भाइरस के हाे ?

डाक्टर जीवन क्षेत्री भन्छन ः रूघा खाेकी जस्ताे लक्षण देखाउने याे जीवाणुकाे नाम नोबेल कोरोना भाइरस भनिन्छ । याे भाइरसले रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउन सक्छ । अन्ततः याे मृत्युकाे कारण बन्न पनि सक्छ । पृथ्वीमा विकसित भेरहेका घातक भाइरसहरूको ठूलो समूहको याे एउटा सदस्य हाे।

काेराेना भाइरस संक्रमणका लक्षण

१. याे राेगे सुरूमा भित्र भित्रै संक्रमणकाे प्रकृया अगाडि बढाइरकाे हुन्छ । सितिमिती यसले अाफ्नाे वास्तविक अनुहार देखाउदैन । अरू व्यक्तिमा सरिसक्दा पनि यसले कुनै लक्षण देखाएकाे हुँदैन । यसरी झुक्याउने हुँदा समय मै सावधान हुन मानिसलाइ अप्ठाराे पर्छ । लक्षण देखा पर्ने बेला सम्म याे निकै अगाडि बढिसकेकाे हुन्छ र शक्तिशाली भैसकेकाे हुन्छ ।

२. सुरूमा रुघा खोकी लागे जस्ताे हुन्छ ।

३. सास फेर्न गाराे हुन्छ र घाँटी, टाउको तथा जिउ दुख्न थाल्छ ।

४. निमोनिया का लक्षण देखा पर्छन र अत्यधिक ज्वराे अाउछ । राेग प्रतिराेधात्मक क्षमता कमजाेर भएका विरामीहरू बढी याे अवस्थासम्म अाउने गर्छन ।

५. अवस्था विग्रदै गएपछि मृत्यु सम्म पनि हुन सक्छ ।

कसरी हुन्छ संक्रमण ?   

This image has an empty alt attribute; its file name is corona_virus_qdtNPjgmWO.jpg

कोरोना भाइरस पशुपंक्षी तथा सामुद्री खानाकाे माध्यमबाट सर्ने गर्छ । यो भाइरस मानिसहरुमा सहजै सर्ने गर्छ । एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा संक्रमणकाे खतरा झन बढी हुने संभावना हुनु स्वाभाविक छ ।

बच्ने उपाय

१. बाटाेमा हिड्दा मास्ककाे प्रयाेग गर्ने

२. सरसफाइमा विशेष ध्यान दिने ।

३. राेगका संवाहक पशुपंक्षीसँग जाेगिने प्रयास गर्ने

४। सके सम्म साकाहारी भाेजन लिने । अन्यथा राम्ररी पकाएर मात्र माछा, मासु , अण्डा अादि खाने ।

५. रूघा खाेकी लागेमा वा यसका अन्य लक्षण देखापरेकाे शंका लागेमा तुरून्त डाक्टरकाे सल्लाह लिने वा नजीककाे अस्पतालमा जाने ।

नेपालमा अाजका सम्म चीनमा जस्ताे काेराेना भाइरसकाे महामारी फैलिइसकेकाे छैन। तर यसले महामारीकाे रूप लिने संभावना बढेर गएकाे छ । छिमेकी देश चीन नजिकै भएकाे र केही बर्ष यता दुइ देशका नागरिक बीचकाे अावत जावत पनि निकै बढेर गएकाेले सजिलै सँग ती भाइरस नेपाल भित्रिन सक्छन । यसप्रति उच्च सतर्कता अपनाउनु र यसकाे जाेखिमबाट बच्न समय मै विशेष उपायहरूकाे खाेजी गर्नु नितान्त जरूरी छ ।

IME Remittance