सानाे देश नेपालका नेताहरूले केक काटेर बडाे रवाफकासाथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक गर्छन । तर विशाल भुगाेल र जनसंख्याकाे देश भारतका प्रधान मन्त्री नरेन्द्र माेदीले आमा सँग खाना खाएर जन्मदिन मनाएकाे दृष्य सार्वजनिक भएकाे छ ।
भारतीय प्रधानमन्त्री मोदीले आमासँग बसेर मनाए जन्मदिन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुगे।
आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिएका थिए । उनले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् ।
यसले नेपाली नेताहरूकाे बुद्धिमा लागेकाे पश्चिमा संस्कृतिकाे बिर्काे अलिकति उघारिदिए हुन्थ्याे ।