भारतीय राजनीतिमा लामाे समय देखि सकृय हुँदै अाएकमाे र विगतमा लामाे समय सम्म सरकारकाे नेतृत्व गरेकाे भारतीय काँग्रेस पाटीमा नेतृत्व परिवर्तन भएकाे छ ।
पार्टीले ७२ वर्षे सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको घोषणा गर्यो ।
वैठकमा सहभागी नेताका अनुसार त्यहाँ नयाँ नेतृत्वको लागि तीन वटा प्रस्ताव प्रस्तुत गरिएको थियो । पहिलो प्रस्तावमा राहुल गान्धीको कार्यकालको प्रसंसा गर्दै धन्यवाद दिइयो ।
दोस्रोमा राहुललाई नै अध्यक्षमा पुन फर्कन प्रस्ताव गरिएको थियो । तर राहुलले प्रस्ताव अस्वीकार गरे । राहुललाई अध्यक्षमा फर्कन आग्रह गर्ने नेताहरु धेरै थिए ।
तेस्रो प्रस्तावमा नयाँ अध्यक्ष नचुनिदाँसम्म सोनियाँ गान्ध्ीले पार्टीको अन्तरिम अध्यक्ष रहने भन्ने थियो । त्यसलाई सोनियाले स्वीकार गरिन् ।
भारतीय कंगे्रसको नेतृत्व २० महिनापछि पुनः सोनिया गान्धीको हातमा आएको हो । सोनियाले पहिलो पटक सन् १९९८ मा कंग्रेस अफ्ठ्यारो समयबाट गुर्जिरहदाँ अध्यक्ष पद सम्हालेकी थिइन् । त्यसबेला उनी कंग्रेसको इतिहासमै सबैभन्दा लामो समय अर्थात १९ वर्ष अध्यक्ष पदमा रहिन् ।
-एजेन्जी