दैलेखमा भेला सम्पन्न

दैलेखमा भेला सम्पन्न
दैलेख । रक्तिम सांस्कृतिक अभियान दैलेखको चौथो जिल्ला भेला २०७३ फागुन १६ गते सम्पन्न भएको छ । दैलेख सदरमुकाममा गरिएको भेलाले खगेन्द्र रेग्मीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा ललिता भण्डारी, सचिवमा तेज रोकाय, सहसचिवमा मीना शाही, कोषाध्यक्षमा प्रेमा रोकाय र सदस्यहरुमा नरेश रावत, सीता खड्का, सुनिता रावत र भावना शाही रहनु भएको छ ।

यसै गरी भेलाले कविराज खत्री, प्रकाश आचार्य, तीर्थ भण्डारी, नन्दा आचार्य र नारायण रोकायलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा प्रमुख अतिथि रक्तिमका केन्द्रीय अध्यक्ष जीवन शर्मा, विशेष अतिथि केन्द्रीय उपाध्यक्ष तथा भेरी–कर्णाली इन्चार्ज जीवन शाही, राजमो दैलेखका अध्यक्ष अम्बर बहादुर नेपाली, अन्य अतिथिहरु अखिल (छैठौँ) का केन्द्रीय सदस्य लक्ष्मी प्रसाद रेग्मी, उद्योग व्यापार सङ्घ सुर्खेतका सचिव किरण शाही, प्रगतिशील पत्रकार सङ्घका जिल्ला अध्यक्ष प्रकाश आचार्य, जिल्ला सचिव तीर्थ भण्डारी, जिल्ला कोषाध्यक्ष प्रेम शाही, अखिल (छैठौँ) दैलेखका सचिव तथा नारायण क्याम्पस रामपुरका प्रकाश शर्मा लगायत हुनु हुन्थ्यो ।

नवलपरासी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत रक्तिम सांस्कृतिक अभियान, नवलपरासीले जिल्लाका विभिन्न भागमा सांस्कृतिक कार्यक्रम सहितको जागरण अभियान सञ्चालन गरेको छ ।
२०७३ माघ २६ गते सुनवल गैंडाखालबाट कार्यक्रमको सुरुवात गरिएको हो । सो अवसरमा रक्तिम परिवारका पूर्व महासचिव एवं राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेम राना, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक तथा अखिल नेपाल युवक सङ्घ गैंडाखालका अध्यक्ष सागर थापा लगायत हुनु हुुन्थ्यो । सांस्कृतिक टोलीमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य सुमन रोका, रक्तिम उत्तर भारत क्षेत्रीय समितिका कलाकार नविन बस्याल (प्युठानी), बन्दना राना, अन्जु विष्ट लगायत सहभागी रहनु भएको छ ।
अभियानले माघ २७ गते गैंडाकोट खेलकुद मैदानमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई कलाकार सुमन रोका र राजमो अध्यक्ष रेम रानाले सम्बोधन गर्नु भएको थियो । यसै गरी, गैंडाकोट कालिकाचोकमा पनि रक्तिमले बेजोड सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । त्यस क्रममा नेकपा (मसाल) नवलपरासीका प्रवक्ता चन्द्र सापकोटा र अखिल नेपाल उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष गोपाल गिरीले सम्बोधन गर्नु भएको थियो । माघ २७ गते नै गैरीगाउ“ पिसपार्कचोकमा पनि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस क्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दिवाकर शर्मा, रेम राना, चन्द्र सापकोटा लगायत वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
यसै गरी, माघ २८ गते भेडावारीको मिलिजुली चोकमा २९ गते कावासोती सभापति चोक, डण्डाबजार र पिपरेनी चोकमा पनि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । यसै गरी, फागुन १ गते अभियानले कोलुवा चौराहा, मदनपुर घडेरीचोक र बाखखोर सोतापानीमा समेत रक्तिम सांस्कृतिक अभियानले जोडदार प्रस्तुति दिएको थियो । कार्यक्रमहरुमा राजमो जिल्ला अध्यक्ष रेम राना, मसालका जिल्ला प्रवक्ता चन्द्र सापकोटा, राजमो जिल्ला सदस्य रुप नारायण महतो, अन्टुकका उपाध्यक्ष शालिग्राम सापकोटा, राजमो नेताहरु राजेश विक, गिर बहादुर महतरा, पुरन गिरी, विकाराम चौधरी लगायत वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा गिर बहादुर एमसीले कविता बाचन गर्नु भएको थियो ।
प्रगतिशील सांस्कृतिक अभियानको फा“टमा चर्चित रक्तिम सांस्कृतिक अभियानले नवलपरासीमा सुरु गरेको कार्यक्रम अत्यन्त उत्साहजनक रुपमा अघि बढेको मसालका प्रवक्ता सापकोटाले बताउनु भएको छ ।

IME Remittance