सांस्कृतिक शिविर सम्पन्न
नवलपरासी । रक्तिम सांस्कृतिक अभियान क्षेत्र नं. २ को क्षेत्रीय समिति नवलपरासीले सञ्चालन गरेको एक हप्ते सांस्कृतिक शिविरको २०७४ वैशाख ३ गते समापन गरिएको छ । २०७३ चैत २७ गते डण्डाको पिपरेनीमा भएको उद्घाटन कार्यक्रमको भव्यताका साथ ३ वैशाखमा सोही स्थानमा समापन गरिएको थियो ।
कार्यक्रममा राजमोको केन्द्रीय प्रचारात्मक अभियानका लागि नारायणी क्षेत्रका संयोजक भागिरथ भट्टराई र राजमो जिल्ला सदस्य वीर बहादुर एमसीले सम्बोधन गर्नु भएको थियो । अभियान कार्यक्रमको सञ्चालन रक्तिम युएईका अध्यक्ष डम्बर भण्डारीले गर्नु भएको थियो । रक्तिमका कलाकारहरु, बन्दना राना मगर, जनक श्रीस, कमला क्षेत्री, रेखा भण्डारी, पुष्पा न्यौपाने, रमा गुरुङ, मीना गुरुङ, आकृति भण्डारी, विष्णु परियार, सन्दीप पुन मगर, रक्षा अधिकारी, रचना अधिकारी र सिला अधिकारीले समापन कार्यक्रममा रोचक गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो ।
रोल्पा । रोल्पा जिल्लाको क्षेत्र नम्बर २ मा रक्तिम सांस्कृतिक अभियानको क्षेत्रीय समिति गठन भएको छ । रक्तिमका केन्द्रीय सदस्य पिमलाल पुनको प्रमुख आतिथ्यतामा २०७३ कार्तिक ४ गते सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
गठित समितिको अध्यक्ष सिता पुन रहनु भएको छ । समितिको उपाध्यक्ष मिथुन ओली, सचिव अर्जुन विक र कोषाध्यक्ष राम बहादुर बुढा मगर रहनु भएको छ । सात सदस्यीय सो समितिका सदस्यहरुमा पुष्पा विक, नरेन्द्र खड्का र कपिल पुन रहनु भएको छ ।
सोही भेलाबाट नै रक्तिमको झेनाम, बुढागाउ“, नुवागाउ“, करेटी र सखी गाउ“ समिति पनि गठन गरिएको छ । झेनाम गाउ“ समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा नरेन्द्र खड्का, तेजेन्द्र खड्का, भावना खड्का, कमला पुन, यमसरा पुन, भिमा बुढा, प्रशंसा पुन, निसा बुढा र निर्मला खड्का रहनुभएको छ । यस्तै बुढागाउ“ गाउ“ समितिको अध्यक्ष कपिल पुन, सचिव मन बहादुर विक, कोषाध्यक्ष गङ्गा बुढा रहनु भएको छ भने सदस्यहरुमा पुनम ओली मिथुन ओली र अस्मिता ओली रहनु भएको छ । सात सदस्यीय सो समितिको एक स्थान हाललाई रिक्त राखिएको छ । यसैगरी नुवागाउ“ गाउ“ समितिको अध्यक्ष अर्जुन विक, सचिव नविन विक, कोषाध्यक्ष आरती विक र सदस्यहरु अस्मिता विक, राम कुमारी विक र राहुल विक रहनु भएको छ । यहा“ पनि समितिको एक स्थान रिक्त राखिएको छ ।
यसै गरी गठित रक्तिम करेटी गाउ“ समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा राम बहादुर बुढा मगर, मन कुमारी घर्ती मगर, मनिसा विक, सीता कुमारी विक, सर्मिला विक, अस्मिता बुढा, सन्तोष विक, मनिसा परियार, सिर्जना बुढा, आसा बुढा, अनिता बुढा र आरती बुढा रहनु भएको छ । यस्तै सखी गाउ“ समितिको अध्यक्षमा पुष्पा विक, सचिवमा लक्ष्मी विक, कोषाध्यक्षमा मनिसा विक रहनु भएको छ ।