काठमाडौं संसारकै प्रदुषित शहरको सूचीको चौथो स्थानमा, एक्यूआइ १८५

काठमाडौं । काठमाडौ शहर संसारकै प्रदुषित शहरको सूचीको चौथो स्थानमा रहेको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरका अनुसार नेपालको काठमाडौं शहर प्रदुषित शहरको चौथो स्थानमा छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ । यो अवस्थामा विपद घोषणा गर्नुपर्छ ।आइक्यू एयरका अनुसार काठमाडौंको एक्यूआइ अहिले १ सय ८५ छ ।पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ शहर, दोस्रो स्थानमा बंगलादेशको ढाका सहर, तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।

देशभर डढेलोको कारण वायु प्रदुषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जनस्वास्थ्यविद्हरुले यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

Prabhu Bank
IME Remittance