अध्यागमनको सर्भर एक घण्टादेखि डाउन- अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएकाे छ । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ ।

अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।

सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३/४ सय यात्रु आक्रोशित भएर बसेका छन् ।उडान प्रभावित भएका कारण तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने सम्भावना बढेको छ ।

IME Remittance