देशभरको मौसम सफा, तत्काल छैन बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव छैन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तत्काल वर्षाको सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

Prabhu Bank
IME Remittance