विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

यस्तै सरकारले दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गर्ने, मृतकको परिवारलाई सव लैजानका लागि सहजिकरण गर्ने लगायतका निर्णय भएको बताए ।आज विहान १०:५१ बजे पोखराको सेती खोजमा परेको दुर्घटना ग्रस्त विमानमा चार जना चालक दलका सदस्य सहित ७२ जना सवार थिए ।

IME Remittance