पाेखरा विमान दुर्घटना: ६४ जनाको शव फेला ,नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो

पोखरामा भएको यती एयरलान्सको विमान दुर्घटनाको उद्धार कार्य अझै जारी छ । जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीका अनुसार अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्‍याइएको छ । सेतीको खोँचमा भएको दुर्घटनाको कारण उद्धार कार्यमा केही कठिनाइ भएको केसीले बताए ।

‘हामीले उद्धार जारी नै राखेको छौँ । अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्‍याएका छौँ । थप ३४ जनाको शव खोँचमा देखिएको छ । खोँच ३ सय मिटर तल भएका कारण शव निकाल्न अप्ठ्यारो भएको छ,’ एसपी केसीले भने । तर, नागरिक उड्डयन प्राधिकरणले भने २९ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । प्राधिकरणले साढे २ बजेपछि अपडेट दिएकाे छैन ।

काठमाडौंबाट ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको विमान आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएका थियो । आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

IME Remittance