नेपाल बन्दले जनजीवन प्रभावित,काठमाडौं उपत्यकाबाट १८ जना भन्दा बढी बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीहरूले आज नेपाल बन्दकाे घाेषणा गरेका छन ।सरकारले एमसिसी सम्झौता गरेकोमा र विप्लव नेतृत्वको पार्टीसँग गरिएका सहमति कार्यान्वयन नभएको विरोधलगायतमा उनीहरूले बन्द आह्वान गरेका थिए।नेपाल बन्दका कारण जनजीवन प्रभावित भएकाे छ।

नेपाल बन्द गराउन सडकमा निस्केका १८ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट उनीहरलाई पक्राउ गरिएको हो ।बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर र काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

 

Prabhu Bank
IME Remittance