सप्तकोसीको भँगालो बस्ती पस्यो,२० हजार भन्दा बढी जनसंख्या विस्थापित

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटेमा लगातारको वर्षासँगै आएको बाढीले   धार परिर्वतनगरी गरेर पश्चिम तटीय क्षेत्रका  बस्तीमा पस्दा  करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्। बाढी पसेको घरका मानिसहरू स्थानान्तरण गरिएको छ। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्।

बिहानदेखि साँझसम्म उद्धार जारी रहेकोले छुटेका बाँकी रहकाहरुको खोजी भई रहेको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ । मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ ।

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा सुनसरी, उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका हुन् । सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही वस्ती प्रभावित भएका हुन् ।

कोसीले उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ सप्तरीको सप्तकोसी नगरपालिकाको ६ र ७ कञ्चनरुप नगरपालिकाको १, २, ४, ५ र १० प्रभाबित भएका छन ।

IME Remittance