पोखरामा भूकम्पको धक्का महसुस, कास्कीको लुम्ले केन्द्र

पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।

राति ३:५७ मा भूकम्पको धक्का महसुसपछि मानिसहरू डराएर घर बाहिर निस्केका थिए।राति सुतिरहेको बेला गएको भूकम्पको धक्का आसपासको जिल्लामासमेत महशुस गरिएको थियो।

 

IME Remittance