काठमाडौं / विश्व सङ्गीत दिवसको अवसर पारेर यहि असार ७ गते प्रगतिशील जनसङ्गितकर्मिहरुले काठमाडौंमा संयुक्त साङ्गितिक कार्यक्रम गर्ने भएका छन । प्रगतिशील सास्कृतिक आन्दोलनका हस्तिहरु एवं विभिन्न सास्कृतिक सङ्गठनका प्रतिनिधीहरु बिच ४ असारका दिन काठमाडौंमा सम्पन्न प्रारम्भिक छलफलले सो संयुक्त कार्यक्रम तय गरेको हो । छलफलमा प्रगतिशील जनसङ्गितकर्मीहरु साझा मोर्चा निर्माणका लागि थप पहलकदमी र सकृयता अगाडी बढाउने समझदारी समेत गरिएको छ ।
छलफल कार्यक्रममा वरिष्ठ जनसास्कृतिककर्मीहरु र विभिन्न प्रगतिशील सास्कृतिक सङ्गठनको सहभागीता रहेको थियो । रक्तिम सास्कृतिक अभियानका सस्थापक अध्यक्ष जनगायक जीवन शर्मा , वरिष्ठ जनसङ्गितकर्मीहरु मणि थापा , माधव प्रधान, उदय श्रेष्ठ र चिरन पुनको छलफल कार्यक्रममा सहभागीता रहेको थियो ।जनसङ्गितकर्मिहरुको साझा मोर्चा निर्माण गर्ने उदेश्यले आयोजित सो छलफल कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा , उपाध्यक्ष निलिमा पुन , महासचिव लक्ष्मी रिजाल उदय र सदस्य धन बहादुर थापा, प्रगतिशील जनसङ्गितकर्मीहरु प्रदिप देवान ,लक्ष्मी गुरुङ , मोहित श्रेष्ठ , केसरी घर्ती , महेश नेपाली आरोह , रमण थामी , अनिश योन्जन , सुनिलसिंह ठकुरी , बिहानी बि.क. , सन्तोष गुरुङ्ग लगायतका जनसङ्गितकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण जनसङ्गितकर्मी चिरन पुनले गरेका थिए ।