नेपाल सरकारले असार १ गतेदेखि आइतबार बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ ।सरकारकाे वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो।नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो ।
सरकारकाे दुइ दिन बिदा दिने निर्णयकाे धेरैले विरोध जनाउँदै आएका थिए। आइतबार पनि बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।


