पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जानकारी दिएको हो ।सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरिएको हाे ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ छ । यसअघि १८० रुपैयाँ प्रतिलिटर थियो । यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो । मट्टितेलको मूल्य पनि १० रूपैयाँ घटेको छ ।खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

IME Remittance