तारा एयर जहाज दुर्घटनाः बिहीबारसम्ममा आफन्तलाई शव बुझाइने

काठमाडौं । तारा एयरको दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव काठमाडौं ल्याइएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खडकाका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत् २२ वटै शव मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो ।

सबै शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभाग लगिएको छ।बिहीबार साझसम्म आफन्तहरुलाई शव बुझाउने उनको भनाइ छ ।

Prabhu Bank
IME Remittance