पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

१९ यात्रु बोकेर जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएकाे हाे ।बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ ।

नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ।उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।

 

IME Remittance