सरकारको नीति तथा कार्यक्रम आज पेश हुदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज (मंगलबार) संघीय संसद्मा पेस हुँदै छ । आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने ।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा दिगो आर्थिक विकास, कोरोना महामारीपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उत्थानका कार्यक्रम समावेश गरिने जनाइएको छ ।

आगामी नयाँ बजेट र सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विविध विषयवस्तु’ यसअघि निजी क्षेत्रलगायत सबै सरोकारवालाको सुझाव संकलन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

IME Remittance