सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हाे । उ वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो ।तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।