ए सरकार ! गरिबका गुनासा कहिले हुन्छ सम्बोधन ?

दिल प्रसाद पौडेल जैमिनी , बागलुङ

लाग्छ यो समाजमा यदि गरीब भए म एक्लै छु होला । गरिबकोे समाजमा कुनै स्थान हुदैन । सवैले अपहेलित व्यवहार मात्र गर्छन । सवैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिबलाई अनेक यातना, उपमा र विशेषण दिने गरिन्छ । कसैले वास्ता व्यस्ता नै गर्दैनन् । सम्मानित ढंगबाट व्यवहार गरिदैन । गरिव भएकै कारण सामाजिक उत्पिडन र भेदभावको शिकार भई अपमानित जिवन विताउन परिरहेको यही समाजमा मैले देखिरहेको छु । गरिव जीवनमा सास भएर पनि धेरै पटक मर्ने गर्छ । छोराछोरीलाई स्कूल पढाउदा पैशा तिर्न नसकेर एक पटक मर्छ । विरामी भएर उपचारका लागि अस्पताल जाँदा अस्पतालको खर्च तिर्न नसकेर अर्कोपल्ट मर्छ । सास अड्काउनका लागि जसरी भए नि खानु पर्यो । बजारमा चामल, दाल, तेल, तरकारी आदि किन्न जाँदा फेरि मर्छ । लाज गाल ढाक्न मात्रै भए पनि लुगा त लाउनै पर्यो र बजारमा लुगाफाटो किन्न जाँदा फेरी मर्छ । यसरी गरिव जीवनमा पाइलै पिच्छे मर्दै बाँच्दै गर्दोरहेछ । गरिव बाँचेर पनि मरे तुल्य छ ।

देशमा मंहगीले आकाश छोएको छ । कुनै पनि बस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिती छैन । गरिवले बजारमा गएर केवल आँखाले मात्र सपिङ गर्न सक्ने अहिलेको स्थिती छ । साच्चै भन्ने हो भने आम नेपाली यही श्रेणीमा जीवन विताई रहेका छन् । जीवन चलाउन र धान्न धेरै नेपालीलाई कठिन छ । जस्ले जति सुकै गफ गरे पनि खान र लाउन नेपालीलाई पुगेकै छैन भन्दा पनि हुन्छ । आफुले भोगिरहेको जीवनलाई हेरे थाहा हुन्छ कि म कति गरिब छु ? खान र लाउन नपुगेको कुरा आम नेपालीको अनुहारबाट पनि प्रष्ट संग झल्किरहेको देखेको छु र पनि मान्छे पैसाकै घमण्ड किन गर्छ ? गरिबको यो दुनियमामा कोही भरपर्दो सहारा हुदैन । सवै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सवैले बहाना मात्र गर्छन् । अहिले हेर्दा लाग्छ मानिस त के दुःखमा गरिवलाई साथ दिने भगवान पनि हुदैन । भगवानले पनि बढी दुःख दिएको जस्तो लाग्छ । तमाम दुःख, पिर, मर्का, चोट, बेदना सहनु भन्दा अर्को विकल्प गरिवसंग छैन । खाने लाउने हिड्ने डुल्ने चाहना सवै आफु मरेर जाँदा संगै मरेर जान्छ ।

गरिब भएर बाँच्नु पर्दाको पिडा केवल गरिबलाई मात्र थाहा हुन्छ । ठूला ठूला महलमा बस्ने र मंहगा गाडी चढनेलाई के थाहा ? गरिबले हरेक रात खाने नभएर भोकै सुत्नु परिरहेको छ । लाउने नभएर जाडोले मर्नु परिरहेको छ । औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ । छोराछोरी पढाउने पैसा नभएर भविश्यका कर्णधार त्यसै खेर गइरहेका छन् । अनेकौ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनु परेको छ । सपनाहरु त्यसै हराउदै गएका छन । मन भित्रका भावना र संवेदनालाई दवाउनु पर्ने अवस्था छ । यस्ता गरिवको पिडा र बेदना कस्ले बुझने ? अहिले त तीन तहका सरकार छन् । कुनै न कुनै सरकारले पनि सम्बोधन गर्न सकेका छैनन गरिबका मुद्दा । गरिवहरु केवल नेताका भोट मात्र त रैछन नि ? के चुनाव जितेर राज्य सत्तामा पुगे पछि गरिवका आशु पुछनु पर्दैन ? आखिर गरिवको भोटले राज्य सत्तामा पुग्ने र पुँजीपति बर्गको हितमा काम गर्ने देशका शासकहरु अलिकति पनि जिम्मेवार देखिदैनन् र उनीहरुको रवैयाको साक्षी बन्दैे गरिव प्रत्येक ५ बर्षमा फेरि मर्छ । गरिबले निचोरिएको जस्तो अनुहार लिएर हिडिरहनु परेको छ । संयोगले बाँचे बाँचिहाल्छ नत्र आफ्नो जीवन समाप्त पार्न बाध्य छ । गरिवको अभिभावक सरकार बन्नु पर्ने हो । तर सरकार त माफियाको चंगुलमा छ । सरकार नै माफियाको नोकर र दास भएको छ । माफियालाई मलजल गर्दै गरिवका मुद्धा ओझेलमा परेका छन् । सरकारका वरपरका आसे पासे लौरे घजेहरु लुटेर खान पल्केका छन् । सरकार त्यसैको वरपर घुमिरहेको छ ।

गरिवको बजारमा सहज पहुच हुने पर्ने तर बजारको नियन्त्रणमा सरकार चलिरहेको छ । जसले गर्दा गरिबीले दुई पत्र छाला गएका गरिबहरु फेरी अर्को पल्ट मर्नु परिरहेको छ । गरिबलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस सास फेर्न पनि गाह्रो छ । मरी हाल्न पनि सक्दैन इच्जतदार र गुणस्तरिय जीवन विताउन पनि सक्दैन । मर्नु भन्दा बहुलाउनु बेस भने जस्तो कयौ गरिव गरिविकै कारण पागल भएर रोडमा ढुंगा हान्दै हिडिरहेका पनि छन् । नेपाली समाजको गलत आचरण र व्यवहारका कारण गरिव अझ गरिव बन्दै गइरहेको छ र यो हेर्दै अर्को पल्ट मरिरहेको छ । यहाँ गरिवले काम गर्छु भनेर काम गर्न पनि पाउदैन । त्यसैले आफ्नो चिहान खन्न मरुभूमीमा जानु पर्ने बिबशता छ । कोरोनाको कहरका बिचबाट जिन्दगीको पि सि आर आखिर पैसाले गर्दो रहेछ नेगेटिभ कि पोजेटिभ । म जस्ता गरिब हरु संसार मा धेरै छन अप्सोच पीडा बेग्लै हुन सक्छ । करुणा को क्रन्धित आवाज र एक मुट्ठी प्राण बोकेर सपना सजाउदै गरिब भएकै कारण आफ्नो चिहान आफै खन्न जाँदै छु । जदौ ।।।

IME Remittance