राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका छन् ।उनले आज बिहान खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गर्दै जनही खेलाडी ३ लाख दिने घोषण गरेका हुन् ।

नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताएका हुन् ।आईसीसी क्रिकेट विश्वकप लिग २ मा हिजो नेपालले यूएईलाई हराउँदै यात्रा तय गर्न सफल भएको थियो ।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।युएईविरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।

IME Remittance