उद्योग वाणिज्य महासंघको नयाँ केन्द्रीय नेतृत्वमा चन्द्रप्रसाद ढकाल चयन

काठमाडौँ । निजी क्षेत्रको साँझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ केन्द्रीय नेतृत्वमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । महासंघको ५७ औँ वार्षिक साधारण सभाबाट नयाँ बन्ने कार्यसमितिको निवर्तमान वरिष्ठ उपाध्यक्ष नै महासंघ नेतृत्वमा पुग्ने विधान बमोजिम ढकाल स्वतः अध्यक्षमा निर्वाचित भएका हुन् ।

एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका ढकाल त्यसअघि उनी एकपटक निर्विरोध र एकपटक सबैभन्दा बढी भोट ल्याएर कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’को नारासहित महासंघको ५४औँ महाधिवेशनमा होमिएका ढकालले वरिष्ठ उपाध्यक्षमा जित निकालेका थिए ।

यसपूर्व वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगै ढकालले तीन वर्षपछि बन्ने कार्यसमितिमा अध्यक्षको पद सुनिश्चित गरेका थिए । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । निवर्तमान अध्यक्ष शेखर गोल्छाले आउँदो तीन वर्षे कार्यकालका लागि महासंघ नेतृत्व वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।

IME Remittance