सन्चै त छ पृय तिमिलाइ ?

हिजो देखि ,
सन्चै त छ पृय तिमिलाइ ?
किनकिन मध्यरात पछिपनि निद्रै लागेन
उता जमिन थर्कियो रे भन्ने सुन्दा नसुन्दै
यता मेरो मुटु थर्कि सक्छ ।

आज
भोकै त छैनौ पृय ?
उता भेरी उर्लियो रे भन्ने खबर
यता पुग्दा नपुग्दै
मेरो मुटुले ठाउ छोडि सक्छ
भोटेकोशि उर्लियो भने पछि
मेरो मुटुको धड्कन उर्लिन्छ
र चट्चटि पसिना छुट्छ ।
छाम्छु मुटु आस पास चिसो पसेको छ ।
म साच्चि थर्थरि कापेको छु
त्यहा परेको मुसलधारे बर्षा जस्तै
मेरा आखा बर्षेका छन ।
पृय तिमिले खायेका त छौ ?
तिमि उभियेको भुइ हल्लिदा
मेरो मथिङ्गल हल्लेको छ ।

पृय तिमि सन्चै त छौ ?
तिम्रो मुटु स्थिर त छ ?
म यहा
सन्सार भरिको
आशु बगेर आउने
सागरको किनारमा छु
रत धर्धरि रुन्छु ।
तिमि अडिग सगरमाथाको
सामुन्ने छौ रत धीर छौ ।

पृय तिमि भोकै भयेपनि
पृय तिमि तिर्खायेका भयेपनि
जहा छौ ,
सुरक्षित रहु !
अडिग पर्बतमालाझै
तिमी उभिइ रहे
म एक दिन
अबस्य आउने छु
र तिमिलाइ चुम्ने छु ।
भुकम्पसङ्ग नथर्किने
तिम्रा पैतालालाइ चुम्नेछु ।
जमिन चिर्ने चट्याङ ,
भिषण बर्षात
र छानो बगाउने
बाढी सङ्ग
नडराउने तिम्रो
निडर मुटुलाइ चुम्ने छु ।

सन्चै त छ पृय तिमिलाइ ?

IME Remittance