( डिल्लीराम अम्मार्इकाे फेसबुक स्टाटसबाट )
-डिल्ली अम्माई
जहाँ छ त्यो त्यहीं मात्र नरहोस्
जहाँ छैन त्यहाँ समेत बर्षिरहोस
आत्मिक झरनाको सितल बर्षा
किनकि,
जिबनको पछिल्लो कमजोर नापो
आफ्ना पाइलाहरुको पछिल्लो गन्ति
पदचापहरुको मलिन स्वर
मनभित्रको तृष्णाले सुन्न नदिए
मनलाई समाधिले बाँध्नु’
आवेगलाई जिबनको बाँकी समय
अधुरा सपनाले थुम्थुम्याउदै
आग्रहलाई भ्रमित मायाँ सम्झी
तिमी निकट उभिएको छाँया,
हेर्दा सौम्य, दयावान र सरल देखिने
तर कठोर यमदुतहरुको फैसलामा
नजादिँदो बाटोबाट छिरेर
तिम्रै आयु छाम्दै गरेको
बिकराल छाँयालाई
मृत्युको सम्मोहन सम्झी
मनलाई सोधेर हेर्नु
सिसाझैं फुट्नेछ भ्रम
आसक्तिले हुर्काएको क्रोध
र त्यो बस्ने घर।
मन्दिर, ग्रिजाघर र चर्चका
जाति जातिमा थुनिएका
सबैले मान्न नसक्ने
सिंगो कल्पलाई
एउटै सुतामा उन्न नसक्ने
बँधुवा इश्वर भन्दा
हिमालको हावा जस्तै,
स्वतन्त्र मानसरोबरको यात्रामा
मानवताको गायत्रीले मन भिजाउँदै
रुझाउदै मन उपकारको सितलताले
बिझाउँदा आफन्तको बिच
बिदा नमागी ढिम्कनु।
अबका दिन,
सुगम्य, सुबोध बनुन तिम्रो
बोधीसत्वको आवाजभित्र
गुञ्जिरहेको बुद्धको ध्वनि
अनि,
सुसेलियोस गलाको स्वाससंग
र गुन्जिरहोस धरतीमा
अहा ! तिम्रो मन मन्दिरबाट
सत्यम शिबम शुन्दरम !