“धनमणि”

 

 

प्रवेश शर्मा

 

 

 

 

 

 

 

 

सबेरै उठेदेखी झम्के साँझसम्म
चकमन्न अबरोध रहित आकाश

सुर्याशंको चमक सहितको प्रकाशमा
महामारीले खालिजस्तै देखिएका यी सडकहरुबाट आँखा घुमाएर
उता
आफ्नै दरबारको छतमा टोलिदै धनमणिले आकाश नियाल्छ
अनि
आँखा तन्काउछ
पर सडकतिरआकाशमा
देखिएका सुर्यका राता किरणलाई
उसका आँखाले कालो धस्रो देखेछ अनि
सुनसान जस्तै देखिने सडक
भरिभराउ,ब्यस्त र कोलाहल भेट्छ
प्रकृतिको यो बिश्वमहामारी परिक्षामा
धनमणिका धनदौलत र चेतना
नचाहँदा नचाहँदै
मेरै दैनिकीमा फर्किएका र सर्किएका छन,
उसका तडकभडकहरू ।

IME Remittance