गरिसके बिदाई सूर्यले, छैन उपलब्धी दिनको
फैलिँदो महामारी सँगै, बढ्दो क्रम छ रिनको
हेर्छन चिहाई छोराछोरी, के पाक्दै छ अरुको
छुटिसक्यो ज्यालादारी, बल्दैन चुलो घरको ।
लाउँदैछन कुन ब्याजदर,तिर्नु छ रिन साहुको
छन गन्दै दिन घरबेटी,तिर्नु छ भाडा उनको
जाउँ भने किन्न रासन, आकासिँदो छ भाउको
छैन ठाँउ उब्जाउने कतै,समय छ लकडाउनको
टर्यो जसोतसो बिहान त, बेलुका टार्ने अब कसरी
बसुला पबास बरु म, के बस्लान खै ती छोराछारी
छ न त चिनजान ठुलाको , न त छ जागिर सरकारी
आउँदछ जब सबैकुरा ,रुन्छ याे मन धरधरी ।