गरीबकाे जिन्दगी

( गजल ) ।

नवीन बस्याल

खरको झुपडी चुहिने छाना गरीबको ,

हुँदैन एक छाक टार्ने माना गरीबको |

गरीबीको जाल भित्र भित्रै निस्सासिएर , कुन्ठित हुन्छन् सारा ति चाहाना गरीबको |

जिन्दगी जिउन आँसु खसाउनै पर्ने , हुँदैनन् ति आखाँहरू ओभाना गरीबको |

जो आए पनि गरीबकै खुन चुसिरहे , जिउन पाउने छैन जमाना गरीबको |

हात भरी ठेलै ठेला र थकान जिन्दगी , हुदैन कैल्यै पेट भर खाना गरीबको |


-नवीन बस्याल, प्यूठान । (हाल जापान )

IME Remittance