सलाइको काँटी
मेरो थाप्लो
उसको कम्मरमा रगटेर
ज्वला निकाल्छु ।
उसको कम्मर जस्ताको तस्तै हुन्छ
मेरो टाउको दनदनी बल्न थाल्छ ।
उ र म एउटै बस्तुका अङ्गहरू
तर कत्रो विभेद ?
सलाइको काँटी
मेरो थाप्लो
उसको कम्मरमा रगटेर
ज्वला निकाल्छु ।
उसको कम्मर जस्ताको तस्तै हुन्छ
मेरो टाउको दनदनी बल्न थाल्छ ।
उ र म एउटै बस्तुका अङ्गहरू
तर कत्रो विभेद ?