गजल

गजल :

-जगत प्रसाद रेग्मी

गुँड खोसिएका चराहरु खुसी छैनन् ।
फूल बिनाका भमराहरु खुसी छैनन् ।१।

नरलोकका सुरासुन्दरीका कुरै छोडौ“ ।
हो नि स्वर्गका अप्सराहरु खुसी छैनन् ।२।

शायद महलको अतिवादले गर्दा होला ।
गाउँ, झुपडी र टहराहरु खुसी छैनन् ।३।

मान्छेहरुका बेथिति कर्मकाण्ड देखेर ।
कीट पतिङ्गर लहराहरु खुसी छैनन् ।४।

लिलाम बिक्री गरिदै छ धर्तिमातालाई ।
त्यसैले सुन्दर छहराहरु

खुसी छैनन ।५।
(दैलेख)

IME Remittance